गायिका सचिता गुरूङको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकाको ओहाइयोमा बस्दै आएकी सचिताको ‘बारुली यो कम्मरमा’ बोलको गीतको भिडियो हालै युटुबमा सार्वजनिक भएको हो । गोविन्द हुमागाईका शव्द रहेको गीतलाई कर्मा ग्याल्जेन लामाले संगीत दिएका छन् । गीतमा विवाह गर्ने उमेर पुगेकी एक युवतीको मनमा उठेको विवाहको चञ्चला प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेत्री केकी अधिकारी फिचरिङमा छिन् ।


मनोज विष्टको निर्देशनमा बनेको म्युजिक भिडियोलाई सन्तोष राजबाहकले कोरियोग्राफी गरेका छन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडयोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV