मंसिर महिनामा नेपाली फिल्म हलमा खडेरी जस्तै लागेको छ । देशमा चुनावी माहोल चलिरहेकाले गर्दा फिल्म निर्माण पक्ष फिल्म लगाउँन डराएका पनि हुन् । साथै डिसेम्बर १ अर्थात् आजबाट बलिउड फिल्म ‘पद्मावती’ चल्ने चर्चाले पनि कुनै फिल्मले रिलिज मिति तय गरेनन् ।
यसको फाइदा केहि साता अगाडी रिलिज भएका फिल्मले उठाउने भएका छन् । केहि साता पहिले नै हलबाट उत्रिएको फिल्म ‘फाटेको जुत्ता’ लाई शुक्रबार बाट ‘क्युएफएक्स’ ले रि रिलिज गरेको छ ।

देशमा चुनावी माहोल चलिरहेको परिवेशमा पनि नयाँ चलचित्र रिलिज नहुदा फाटेको जुत्ता रि रिलिजमा परेको हो । दुई शो पाएको चलचित्र कुमारी सिनेमा घरमा प्रदर्शन हुनेछ । अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशनमा तयार चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV