चौतर्फी बिरोध भएको बलिउड फिल्म ‘पद्मावती’ को विरोधमा एक युवकको शव झुण्डिएको अवस्थामा भेटिएको छ । चेतन कुमार नाम गरेका युवकको नाहरगढ फोर्टको पर्खालमा शव फेला परेको हो । शव नजिकै एक ढुङ्गामा लेखिएको छ, ‘मानिसहरु विरोध गर्नको लागि पुत्ला जलाउँछन् तर हामी पुत्ला जलाउँदैनौ झुन्ड्याउँछौ । हामी आफैँलाई समाप्त गर्दछौँ ।’


घटनाबारे प्रहरीले छानविन सुरु गरेको छ । डिसेम्बर १ मा फिल्म रिलिज हुने घोषणा भएपनि चौतर्फी विरोधका कारण अझै फिल्मको औपचारिक प्रदर्शन मिति फाइनल भएको छैन ।

For More videos Log on to Mazzako TV