नयाँ प्रदर्शन मिति तय गर्दै फिल्म ‘फिर्के’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण पक्षले पुष १४ गतेबाट पोस्ट पोन्ड गरेर ‘फिर्के’ पुष २१ गतेबाट प्रदर्शनमा आउने जानकारी गरायो । फिल्मको सार्वजनिक ट्रेलर भने कमेडी संवादले भरिएको छ ।’ईकु’ को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतकाको अभिनय छ ।

यो फिल्मलाई तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ’बेमान’ को नामले परिचित रवि डंगोलले निर्देशन गरेका हुन् । यो फिल्मका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ ।
अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’ मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । फिल्मलाई काठमाण्डौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन् । बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस फिल्ममा दुई गीत रहेका छन् ।

For More videos Log on to Mazzako TV