नायक अनुप विक्रम शाही तथा नायिका शिल्पा पोखरेल स्टारर फिल्म ‘बिराङ्गना’ को एक गीत छायांकन गरिएको छ । ‘तिमी पुलिस म नि पुलिस सेमसेम छ ड्युटी’ बालेको गीत छायांकन गरिएको हो । गीतमा नायक अनुप विक्रम र नायिका शिल्पाले प्रहरी पोशाकमा कम्मर मर्काएका छन् । गीतमा २ सय भन्दा बढि शशस्त्र प्रहरी, एक सय भन्दा बढि डान्सर र झण्डै तीन सय कोरस डान्सरको प्रयोग गरिएको छ । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।

यो गीत छायांकन सकिएसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको हो । छायांकन शसस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयम्भुमा गरिएको हो । गीतको संगीतकार दिपक शर्मा हु्न । गीतसँगै फिल्मको सम्पूर्ण छायाँकन सकिएको छ । फिल्मको सम्पादन कार्य भैरहेकोे निर्देशक राज शहादुर सानेले बताएका छन् ।

फिल्ममा अनुप र शिल्पाको अलवा धिरेन शाक्य, पृथ्वीराज प्रसाई ,प्रज्वल गिरि, प्रीया रिजाल, कृष्ण सिवाकोटी, देब तामङ, अमृत सापकोटा, अंशु थापा लगायतको अभिनय छ । बाबुराम दास श्रेष्ठ, श्याम बहादुर थापा र रघु परियार फिल्मका निर्माता हुन् । सह(निर्मातामा देब तामाङ र सुमि चाम्लिङ राई रहेका छन् । फिल्ममा श्री श्रेष्ठको द्धुन्द र सञ्जय लामाको छायांकन रहेको छ ।

For More videos Log on to Mazzako TV