‘भुतनाथ रिटर्न्स’मा हनी सिंह को साथमा अमिताभको आफ्टर पार्टी
अमिताभ बच्चनको आगामी चलचत्रि ‘भुतनाथ रिटर्न्स’ यतिबेला दर्शकको लागि बहुप्रतिक्षित बनेको छ । केही समय अघि रिलिज गरिएको चलचित्रको गीत सबैले रुचाएका छन् ।
रिलिज गरिएको गीतमा अमिताभ बच्चन ¥यापर यो यो हनी सिंहको साथमा देखिएका छन् । यतिबेला चर्चामा रहेको सो गीत हनी सिंहले गाएका हुन ।
‘जब सारी दुनियाँ सो जाती है, आफ्टर पार्टी हो जाती है’ बोलको उक्त गीतको भिडियोमा अमिताभ र हनी सिंह पार्टीमा डान्स गरिरहेको देख्न सकिन्छ । यो गीतको सुटिङ्गलाई लिएर अमिताभ बच्चन निकै उत्साहित रहेका थिए ।
केही दिन अघि अमिताभले ट्वीट गरि आफ्ना फ्यानहरुलाई गीतको बारेमा बताएका थिए ।
चलचित्रको निर्देशन नितश तिवारीले गरेका हुन् । चलचित्र ११ अप्रिलमा रिलिज हुनेछ । चलचित्र भुतनाथ रिटर्न्स सन् २००८ मा रिलिज भएको चलचित्र भुतनाथको सिक्वेल हो ।
For More videos Log on to Mazzako TV