फिल्म ‘माई लभ’ को ‘१७ बर्षे जोवन’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक रोमान्टिक गीतमा कलाकार गणेश लामा र शितल श्रेष्ठलाई फिचरिङमा छन् । १७ बर्षे जोवन बोलको गीतमा अर्जुन मुसोङको शब्द र संगीत रहेको छ । मिना सिंहको स्वर रहेको गीतलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्म यही मंसीर २९ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँदै छ । नेपालमा २०७२ साल वैशाख १२ गते गएको महा विनाशकारी भूकम्पलाई फिल्मले बोलेको छ । भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित छ ।

जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको फिल्ममा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका छ । यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय छ ।

For More videos Log on to Mazzako TV