अभिनेत्री रेखा थापा पनि ‘छक्का पन्जा’ टिम र अभिनेत्री ऋचा शर्माको लफडामा परेपछि विवादले झनै चर्को रुप लिएको छ । अभिनेत्री शर्मा र ‘छक्का पन्जा’ टिमविच सुरु भएको शितयुद्धमा अब अन्य कलाकारले पनि मुख खोल्न थालेका छन् ।

अभिनेत्री रेखा थापाले भनेकी छिन्–‘भिडियोमा दर्शकलाई मुर्ख भनेको छैन । उनी, वुद्धिमान महिला हुन् । के बोल्ने के नबोल्ने उसलाई थाहा छ । एउटा महिलाको पछि लागेको देखेर अचम्म लागेको छ । खै, उनीहरुबाट सामाजिक रुपान्तरणको पनि अपेक्षा थियो । तर, जोक्कर भन्दा माथि नउठ्ने भए ।’

रेखाले यो लेखेपछि फिल्म ‘छक्का पन्जा’की निर्देशक दीपाश्री निरौलाले धन्यवाद रेखा मात्र लेखेकी छिन् । योसँगै रेखा र दीपाविच पनि शितयुद्ध सुरु भएको वुझ्न सकिन्छ । केही समय पहिला रेखा र दीपाविच बोलचाल नै थिएन । तर, पछि फेरि यी दुई बोल्न थालेका थिए । रेखाको एउटा कमेन्टले दीपा र रेखाविच फेरि शितयुद्ध सुरु भएको छ ।

For More videos Log on to Mazzako TV