अभिनेत्री बर्षा सिवाकोटी फिल्म ‘भैरे’को छायांकनका क्रममा अहिले मुस्ताङ पुगेकी छिन् । निरन्तर फिल्म असफल भएपछि कमजोर बनेकी बर्षा यो फिल्मबाट फेरि उकालो लाग्ने सोचमा छिन् ।

नेपाली फिल्ममा उनको सुरुवाती दिन राम्रो रहेतापनि विस्तारै उनी कमजोर बनिन् । बर्षा विशेषगरि, धेरै अभिनेत्रीको जस्तो शो ओभर गर्न रुचाउँदिनन् । सार्वजनिक कार्यक्रममा पनि खासै नजाने बर्षा मिडियामा पनि कम आउन चाहन्छिन् ।

बर्षाले सामाजिक संजालमा राखेका तस्बिर हेर्ने हो भने उनी सारीमा बढी खुल्ने गर्छिन् । सारी महिलाको मनपर्ने पहिरन पनि हो । बर्षा आफूलाई पनि सारी लगाउन खुबै मनपर्ने बताउँछिन् ।

पहिरनको मामलामा उनी निकै सामान्य छिन् । तडकभडक पहिरनमा हिड्न नरुचाउने यी अभिनेत्री सारी नै आफ्नो पहिलो रोजाइ रहेको बताउँछिन् ।

For More videos Log on to Mazzako TV