मंसिर १ गते फिल्म ‘झ्यानाकुटी’ रिलिज भएपछि अब ३ साता कुनै पनि नेपाली फिल्म हलमा लाग्ने छैनन् । प्रतिनिधी र प्रदेश सभाका निर्वाचनका लागि २ वटा मिति तोकिएकाले नेपाली फिल्म रिलिज हुन नसकेका हुन् । जसकाकारण, अब मंसिर २९ गतेको डेटमा नेपाली फिल्म थुप्रिएका छन् ।

यो मितिमा सबैभन्दा पहिला निर्मात्री तथा अभिनेत्री ऋचा सिंह ठकुरीले फिल्मको मिति तय गरेकी हुन् । उनी अभिनित फिल्म ‘सुपर गोर्खे’ यो मितिमा रिलिज हुनेछ ।
यसपछि, अब भने यो मितिमा अन्य फिल्म पनि आउने भएका छन् ।

भूकम्पको कथालाई उठान गरिएको फिल्म ‘माई लभ’ पनि यही मितिमा आउने भएको छ । फिल्म ‘गोरे’ले पनि यही मितिलाई रोजेको छ । अनु शाह र दीलिप रायमाझी फिल्मको मुख्य भूमिकामा छन् । यो मितिमा फिल्म ‘डेस्टिनेशन काठमाण्डौ’ पनि आउने चर्चा छ । यो फिल्म बनेकै ५ बर्ष बढी भैसकेको छ । अब, यो मितिमा ४ वटा नेपाली फिल्म लाग्ने तयारीमा छन् ।

For More videos Log on to Mazzako TV