अभिनेत्री अनु शाहको करिअर फिल्म क्षेत्रमा ध्वस्त छ भन्दा हुन्छ । न कुनै हिट फिल्म, न त ठूला ब्यानरको रोजाई । म्यूजिक भिडियोमा नै काम गरेर अनु आफूलाई अगाडि बढाइरहेकी छिन् ।

फिल्ममा खासै नचम्किएकी अनुको मुख्य भूमिका रहेको फिल्म ‘गोरे’ मंसिर २९ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा अनु र अभिनेता दीलिप रायमाझीको मुख्य भूमिका छ । रामेशकुमार राइको निर्देशनमा तयार भएको यो फिल्ममा राकेश कुमार राई, डाक्टर गन्नु घर्ती, अभिषेक गिरी, विमला आचार्य, रविन्द्र आचार्यको मुख्य भूमिका छ ।

जीएस मुभि मेकर्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सूर्य जीसीको प्रस्तुतीमा तयार गरिएको हो भने रुपा जीसी यो फिल्मकी निर्मात्री हुन् । फिल्मको ट्रेलर सार्वजनिक गर्दै यसको प्रचारको सुरुवात गरिएको छ ।

For More videos Log on to Mazzako TV