फिल्म ‘तिमी सँग’ भदौ ८ गतेबाट रिलिज हुने चर्चा थियो । तर, फिल्मको काम नसकिएको भन्दै यसको प्रदर्शन मिति स्थगित भयो । त्यसपछि, रिलिज भएको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ए मेरो हजुर २’ बम्पर हिट भयो । यो फिल्म हिट भएपछि साम्राज्ञीलाई पनि फाइदा भयो ।

फिल्म ‘तिमी सँग’का निर्देशक तथा निर्माता शिशिर रानाले अब भने फिल्मको रिलिज डेट फाइनल गरेका छन् । यो फिल्म अब चैत्रको २३ गतेबाट रिलिज हुने भएको छ । यो मिति फाइनल भएको शिशिर राणाको भनाई छ ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन, आकाश श्रेष्ठको मुख्य भूमिका छ । फिल्मले ट्रेकिङ गाइडको प्रेमकथालाई देखाउने शिशिरले जानकारी दिए ।

For More videos Log on to Mazzako TV