फिल्म ‘रोमियो एन्ड मुना’ले रिलिज डेट कन्र्फम गरेको छ । यसअघि फिल्म माघको २६ गतेबाट रिलिज हुने चर्चा थियो । तर, अब यो प्रेमकथाको फिल्मले प्रेम दिवसलाई छाडेको छ ।

यो फिल्म अब फागूण ११ गतेबाट रिलिज हुने निर्माता प्रसन्न गोपालीले जानकारी दिएका छन् । उनले फिल्मको छायांकन सकेपछि रिलिज डेट मिति तय भएको हो । निर्माता गोपालीले फिल्मको डबिङ र कलर करेक्शन सुरु गरिने बताएका छन् ।

फिल्मको निर्देशन नरेशकुमार केसीले गरेका हुन् । फिल्ममा विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठ शिर्ष भूमिकामा छन् । अभिनेत्री सुष्मा कार्की, बसुन्धरा भुषाललाई पनि फिल्ममा देख्न सकिन्छ ।

शहरका यूवा र गाउँकी यूवतीको प्रेमलाई फिल्मले उठान गरेको निर्देशकको भनाई छ ।

For More videos Log on to Mazzako TV