वुधबार बेलुकी अष्ट्रेलिया उडेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह एउटै प्रश्नबाट घेरिइन् । त्यो त, अभिनेता आर्यन सिग्देलले निर्माण तथा अभिनय गर्न लागेको फिल्म ‘कायरा’ र साम्राज्ञीले लिएको पारिश्रमिकको बिषय ।

यो फिल्ममा अभिनेत्री शाहले १० लाख पारिश्रमिक लिएको चर्चा छ । फिल्म बजारमा चलेको यो चर्चाको बिषयमा सोधिएको प्रश्नमा साम्राज्ञीले केही पनि बोल्न मानिन् । उनले, अभिनेता आर्यन सिग्देलले केही भन्नु भएको छ यो बिषयमा भन्दै संचारकर्मीलाई नै प्रश्न गरिन् ।

साम्राज्ञी आफ्नै मुखबाट महंगो पारिश्रमिकको बिषयमा केही पनि भन्न चाहन्नन् । यस्तै, उनले अभिनेता प्रदिप खड्कासँग काम गर्न लागेको भनेर चर्चा भएको फिल्म ‘भैरवी’को बिषयमा भने मुख खोलिन् । उनले, यो फिल्ममा आफूले संझौता नगरिसकेको बताइन् । साम्राज्ञी र झरना नोभेम्बर २५ मा अष्ट्रेलियामा हुने फिल्म ‘ए मेरो हजुर २’को शोका लागि वुधबार बेलुकी त्यतातर्फ लागेका हुन् ।

For More videos Log on to Mazzako TV