अभिनेत्री केकी अधिकारीलाई आउँदो बर्षको वैशाख १४ गते अर्को कुनै फिल्म रिलिज हुँदैछ भन्ने नै थाहा थिएन । तर, जब उनले वुधबार राजधानीमा आयोजना भएको एक अवार्ड कार्यक्रममा यो बिषयमा सुनिन्, अचम्ममा परिन् ।

केकीले सुटिङ  सेटबाटै फिल्मको रिलिज मिति वैशाख १४ लाई घोषणा गरेकी थिइन् । तर, त्यसको एक दिन नवित्दै लण्डनबाट निर्माता गोविन्द शाहीले आफ्नो नयाँ फिल्म ‘लिलिबिली’को प्रदर्शन मिति पनि वैशाख १४ गतेलाई नै तोकिदिए ।

उनले, यहि मितिमा फिल्म आउने पक्का भएको त भनेनन् । तर, वैशाख १ गते फिल्म रिलिज गर्न नसके वैशाख १४ गते रिलिज गर्ने बताए । यसको अर्थ, प्रदिप खड्का र प्रियंका कार्कीको मुख्य भूमिका रहने फिल्म पनि वैशाख १४ मै रिलिज हुनेछ ।

सिने बृत्तको चर्चालाई मान्ने हो भने वैशाख १४ गते फिल्म ‘तिमी सँग’ पनि रिलिजको तयारी गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन, आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मको प्रदर्शन मिति बारम्बार पछि सरिरहेको छ ।

वैशाख १४ गते नै केकीले फिल्म रिलिज गरिन् भने, उनलाई सोलो आउने अवसर नमिल्ने लगभग पक्का छ ।

For More videos Log on to Mazzako TV