अभिनेत्री रजनी केसी अभिनित फिल्म ‘पटुकी’ को पहिलो गीत रिलिज भएको छ । राम नेपालको निर्देशित फिल्मको ‘पटुकी पटुकी’ बोलको गीत हालै युटुब मार्फत सार्वजनिक गरिएको हो । उक्त सार्वजनिक गीतमा अभिनेत्री रजनी र आशिष सुनुवार फिचरिङमा छन् । म्याक्टेन कालुको शब्द, राजनराज सिवाकोटीको संगीत रहेको गीतमा अन्जु पन्त र संगीतकार राजन आफैले स्वर दिएका छन् ।

आगामी पौष २१ गतेबाट सार्वजनिक प्रदर्शन हुने फिल्मले यसै साता पोस्टर समेत सार्वजनिक गरेको थियो । फिल्ममा कलाकारहरु रजनी केसी, दिपिका कंडेल, रोजी श्रेष्ठ, हरि थापा लगायत अन्यको मुख्य अभिनय रहनेछ ।
स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा कलाकार कालुले ‘पटुकी’ को कथाले सम्पुर्ण नारीलाई बाँध्ने बताए । राजनराज सिवाकोटीको संगीत रहेको ‘पटुकी’ लाई लक्ष्मण घिमिरेको छायाँकन गरेका हुन् । भिडियो :

For More videos Log on to Mazzako TV