निर्देशक सविर श्रेष्ठले नयाँ फिल्म निर्माण गर्न लागेका छन् । यो फिल्मको मुख्य भूमिकामा अभिनेता आर्यन अधिकारी र अभिनेत्री श्रृष्टी श्रेष्ठले काम गर्नेछन् । यो फिल्मलाई लिएर सविर उत्साहित पनि छन् । उनी, यो फिल्मको निर्माणमा आफै संलग्न पनि हुँदैछन् ।

यो फिल्मको सुरुवातमा नाम ‘सँग सँगै’ राखिएको थियो । तर, ‘तिमी सँग’ नाममा पनि फिल्म बनेकाले सविर यो नाम राख्न हच्किए । अहिले उनी फिल्मको नाम ‘बाँध मायाले’ राखेका छन् ।

सविर यो नाम भने फाइनल भएको बताउँछन् । प्रेमकथामा बन्न लागेको यो फिल्मका लागि आर्यन र श्रृष्टी पनि उत्साहित छन् । केहि दिनमै यो फिल्मको छायांकन सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV