नेपाली फिल्मका चर्चित सुपरस्टार अभिनेता अनमोल केसीलाई २० लाख पारिश्रमिकको अफर हुँदा खुबै चर्चा भयो । अभिनेतालाई २० लाख पारिश्रमिक दिएर निर्माता सुवास गिरीले फिल्म खेलाउँदा उनी सबैभन्दा महंगा अभिनेता थिए ।

फिल्मको छायांकनको क्रममा उनलाई ३० लाख सम्मको अफर आयो । तर, अब अनमोललाई ५० लाख अफर गर्न समेत निर्माताहरु अगाडि सरेका छन् । यो बर्षकै हिट फिल्मका निर्माता सुनिलकुमार थापाले अनमोललाई ५० लाखको अफर गरेका छन् । अनमोलले काम गरेको खण्डमा उनलाई ५० लाख दिन तयार रहेको भन्दै सुनिलले फिल्म ‘ए मेरो हजुर ३ वा भागवत् गीता’ जुनमा काम गरेपनि ५० लाख दिने बताएका छन् ।

अनमोललाई निर्देशक सिमोस सुनवार र सुरेन्द्र पौडेलले पनि ५० लाखमा अफर गरेका छन् । अनमोलले भने तिन वटै फिल्ममा काम गर्ने वा नगर्ने बताएका छैनन् ।

For More videos Log on to Mazzako TV