पुष २८ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘मिस्टर झोले’ ले प्रचार–प्रसारलाई नयाँ तरिकाबाट सुरु गरेको छ । प्रचारका लागि फिल्म निर्माण टीमले कभर भिडियो कम्पिटिसनलाई अगाडि सारेको हो । यस अघिनै युट्युबमा सार्वजनिक भएको ‘ओखती’ बोलको गीतलाई डान्स र ड्रामा दुवै विधामा कम्पिटिसन आव्हान गरिएको छ ।
प्रतिस्पर्धाको लागि सोमवारदेखि नै कभर भिडियो पठाउन सकिने निर्माण पक्षले बताएको छ । जो कोही इच्छुकले कभर भिडियो बनाएर पुष २१ गते (जनवरी ५) सम्म ([email protected] )  मा मेल गरेर भाग लिन सक्नेछन् । पुष २३ गते (जनवरी ७) का दिन विजेता घोषणा गरिने बताइएको छ ।

यो प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश १ लाख ५५ हजार, १ लाख २५ हजार र १ लाख ५ हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित ‘मिस्टर झोले’ लाई टेकेन खड्काले निर्माण गरेका हुन् ।
रामबाबु गुरुङको कथा र निर्देशन रहेको फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको फिल्ममा रवि न्यौपानेको छायांकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ ।

https://youtu.be/nDIzVRnDWoM

For More videos Log on to Mazzako TV