फिल्म क्षेत्रमा कुनै कलाकारको करिअर शुक्रबार रिलिज हुने फिल्मले निर्धारण गर्छ । शुक्रबार रिलिज हुने फिल्मको व्यापारले कलाकारको करिअर कता जाने भन्ने निर्धारण गरिदिन्छ । यसैले पनि कलाकारले म चलेको, म हिट भनेर घमण्ड गर्नुको तुक छैन ।

फिल्म ‘एटीएम’को समयमा यो फिल्मका मुख्य कलाकारको चर्चा आकाशिएको थियो । जीया केसी, सविना कार्की लगायतका कलाकारलाई मिडियाले ठूलो स्थान दियो ।
यो फिल्ममा पनि उनीहरुले उच्छृङ्खलताको पराकाष्ट नै नाघेका थिए । तर, त्यही फिल्म यी अभिनेत्रीहरुका लागि अभिषाप बनिदियो । केही दिन पाएको चर्चा हावामा विलय भयो । अहिले यी अभिनेत्रीहरुलाई गुगलमा खोज्दा पनि पाउन गाह्रो छ ।

अभिनेत्री जीया केसी अभिनेता भूवन केसीसँग लिभिङ टूगेदरमा बसेर चर्चामा छिन् । सविना कार्की कता हराइन् कसैलाई थाहा छैन । केही साना बजेटका फिल्ममा काम गरेपनि उनको कुनै चर्चा हुँदैन । यसैले, एउटै फिल्मले यी अभिनेत्रीहरुको करिअर सकिदियो ।

For More videos Log on to Mazzako TV