शिव रेग्मीको गृहनगरमा चलचित्रको पोष्टर सार्वजनिक/ बायोग्राफीले रुवायो गाँउलेलाई
स्व. निर्देशक शिव रेग्मीको प्रर्दशन हुन बाँकी रहेको अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ युनिटले रेग्मीको गृहनगर चितवन बाहघरेमा गएर आईतबार दिउँसो पत्रकार सम्मेलन गरेको छ ।
काठमाण्डौंबाट पत्रकारहरुसहित गएको कलाकारको टोलीले स्थानिय दुर्गा मन्दिरमा पत्रकार सम्मेलन गरि चलचित्रको पोष्टर र शिव रेग्मीको बारेमा तयार पारिएको ६ मिनेट लामो बायोग्राफी पनि देखाईयो । निदेशक शिव रेग्मीको बयोग्राफी हेर्दा उपस्थितसबैको आखाँ रसाए ।
बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानिय बासी र पत्रकारहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा उपस्थित अधिकांशका आँखाबाट आँशु झरेको देखिन्थे । ‘मरेर गए पनि शिव रेग्मी अमर रेहको’ भन्दै स्थानिय बुद्विजिवी र समाजसेवीहरुले स्व. निर्देशक रेग्मीको बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा स्व. रेग्मीकी पत्नी ज्ञानु रेग्मीले पति शिव रेग्मीको बारेमा बोलिरहदा अनि रेग्मीकी आमा भक्तमाया ‘मेरो बाबु त हामीलाई छाडेर कहाँ गईस’ भन्दै गहभरि आँसु पारेर भक्कानिदा उपस्थित गाँउलेहरुले आफ्नो आखाँबाट आसु रोक्न सकेनन् ।
चलचित्र ‘मनले मनलाई छुन्छ’ शिव रेग्मीको अन्तिम चलचित्र भएको कारणले गर्दा पनि सबैले चलचित्रलाई सौहार्दपुर्ण रिलिजको लागि सहयोग गर्नुपर्ने निर्माता तथा नायक विरेन श्रेष्ठले बताए ।
चलचित्र सुटिङ्गको दौरान शिव रेग्मीले आफुलाई धेरै कुरा सिकाएको र आफ्ना लागि सदैव एक आर्दश ब्यक्ति रहेको नायिका गरिमा पन्तले बताइन् । उहाँ आफ्नो असल गुरु भएको बताउदै उनले भनिन ‘सबैसँग उहाँ मिलनसार हुनुहुन्थ्यो । ’
कार्यक्रममा बोल्दै चलचित्रका निर्माता सुनिल सिटौलाले स्थानिय दुर्गा मन्दिरमा टिनको छानो लगाएर टहरा बनाईदिने प्रतिबद्वता पनि ब्यक्त गरेका छन् । शिव रेग्मीको नाममा आफुले त्यही ठाँउमा केही सहयोग गर्न पाउनु आफ्नो लागि ठुलो कुरा भएको उनले बताएका छन् ।
प्रमुख अतिथिको रुपमा रंगकर्मी तथा कलाकार रिद्विचरण श्र्ेष्ठ, विशिष्ट अतिथि बरिष्ठ गीतकार तथा कलाकार प्रेम विनोद मानन्धर लगायत नारायणी कला मन्दिरका प्रतिनिधिहरु, स्थानिय महिला समुहका प्रतिनिधिहरु, चलचित्र पत्रकार संघ चितवनका पधाधिकारीहरुको पनि आफ्नो धारणा राखेका थिए ।
शिव रेग्मीको प्रर्दशन हुन बाँकी रहेको चलचित्र मनले मनलाई छुन्छ चैत्र २८ गतेबाट अलनेपाल रिलिज हुदैछ ।