शुक्रबार देखि अल नोपाल सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘झ्यानाकुटी’ ले राम्रो ब्यापार गरिरहेको छ । फिल्म हेर्नेले सकारात्मक प्रतिक्रिया दिएपछी निर्माण युनिट उत्साहित छन् । शुक्रबार तथा शनिवार फिल्म युनिट विभिन्न हलमा पुगेका थिए ।
शनिवार अधिकांस हलमा हाउसफुलको ब्यापार गर्न सफल फिल्म झ्यानाकुटीको प्रतिक्रिया लिन अभिनेता सौगात मल्ल, अभिनेत्री बेनिशा हमाल, निर्मात्री निशा अधिकारी र निर्देशक तथा निर्माता सिमोश सुनुवारले दर्शकको प्रतिक्रिया लिएका थिए ।


फिल्म टिम राजधानी स्थित गोपीकृष्ण हल, अस्टनारायण हल, क्युएफएक्स जय नेपाल, लाबिम र सिभिल मल तथा बिग मुभिजमा पुगेर दर्शकसंगको प्रतिक्रिया लिएका छन् । फिल्ममा सुमी मोक्तान, पुष्कर महर्जन तथा बालकलाकार एस्टल गुरुङसंगै कर्माको समेत अभिनय रहेको छ । फिल्मले शुक्रबार तथा शनिवार गरेर एक करोड माथिको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

For More videos Log on to Mazzako TV