फिल्मको पर्दामा अभिनेत्री दीपाश्री निरौलाले कुनै कलाकारको श्रीमति भएर कमै मात्र काम गरिन् । हाँस्य सिरियल ‘तितो सत्य’मा भने दीपा अभिनेता दीपकराज गिरीको श्रीमतिको रुपमा देखिइन् ।

उनै, दीपाश्री अब एक फिल्ममा भने अभिनेता हरिवंश आचार्यकी श्रीमतिको रुपमा देखिदैछिन् । चैत्र ९ गतेबाट रिलिज हुने फिल्म ‘सत्रु गते’मा दीपालाई हरिवंशकी श्रीमतिको रुपमा देखिनेछ । यो फिल्ममा अभिनेता दीपकराज गिरी भने पत्रकारको भूमिकामा देखिएका छन् ।

यो फिल्मको एक तस्बिर बाहिरिएको छ । जसमा हरिवंश ट्याक्टर चलाइरहेका छन् भने दीपा उनलाई छाता ओडाइरहेकी छिन् । यसैले, पनि यो तस्बिर हेर्दा नै फिल्म भित्र यी दुइको प्रेम देख्न पाइनेछ ।

प्रदिप भट्टराइले निर्देशन गरेको यो फिल्मको धमाधम छायांकन भैरहेको छ ।

For More videos Log on to Mazzako TV