अभिनेत्री प्रियंका कार्की सबै कुरा छाडेर अहिले फिल्मको काममा नै व्यस्त छिन् । उनले लगालग फिल्मको काममा व्यस्त हुँदा उनले आफ्नै केही खुशीहरु भने छाड्नु परेको छ ।
जस्तो, प्रियंका अभिनित फिल्म ‘फाटेको जुत्ता’ हेर्न हलमा दर्शक टनाटन भरिए ।

उनी, फिल्म छायांकनमा रहेको भन्दै उक्त खुशीमा सहभागी हुन सकिनन् । प्रियंकाले यो फिल्मको क्रेडिट समेत लिन पाइनन् । फिल्म हिट भएपनि मेरो हिट फिल्म भन्न उनले सक्ने अवस्था छैन । फिल्मको सफलता पार्टी भन्दै निर्माता अर्जुन कुमारले आयोजना गरेको कार्यक्रममा अभिनेता सौगात मल्लमात्र उपस्थित भए, यसमा पनि प्रियंका सहभागी हुन पाइनन् ।

फेरि, उनै प्रियंकाले फिल्म ‘छक्का पन्जा २’ले आयोजना गरेको ५१ दिने सफलता पार्टीमा पनि आफ्नो उपस्थिती जनाउन पाइनन् । प्रियंका सो समयमा पनि काठमाण्डौमा थिइनन् । फिल्मको सफलता पार्टीको चर्चा बर्षा राउत र स्वस्तिमा खड्काले नै लिए ।

यसरि, काम काम भन्दा प्रियंका आफूले पाउनुपर्ने खुशीमा सहभागी हुन सकेकी छैनन् । यसैले, यस्ता कार्यक्रममा सहभागी भए अझ राम्रो हुन्थ्यो कि, प्रियंका जी ?

For More videos Log on to Mazzako TV