नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि एकाएक चर्चामा रहेकी अभिनेत्री पूजा शर्माले एक फिल्मका लागि आफूले राम्रो रकम नलिएको बताएकी छिन् ।
अभिनेत्री शर्माले भर्खरैमात्र छायांकनमा गएको एक फिल्मका लागि आफूलाई ६ लाख पारिश्रमिक दिइएको बताएकी हुन् । उनले आफूले भने ८ लाख पारिश्रमिक मागेको समेत बताइन् ।

फिल्म ‘म यस्तो गीत गाउँछु’ रिलिज भएपछि पूजाको डिमाण्ड बढेको छ । तर, उनले बाहिरी ब्यानरका फिल्ममा काम गरेकी छैनन् । पूजाका अनुसार, उनले फिल्मको कथावस्तु, मेकिङ सबै हेरेर मात्र बाहिरी ब्यानरका फिल्ममा काम गर्ने निर्णय गरेकी हुन् ।

यसैले पनि ६ लाख पारिश्रमिक दिएको फिल्म उनले नखेलेकीहुन् । पूजा आफै पनि फिल्म निर्माणको तयारीमा छिन् ।

For More videos Log on to Mazzako TV