गीतकार सन्देश सोङमेन राईको पहिलो गीतिएल्बम ‘समर्पित’ सार्वजनिक भएको छ । राजधानीमा शनिवार एम कार्यक्रमको आयोजना गरि एल्बमको बिमोचन गरिएको हो । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक गणेश रसिक, प्रज्ञा राम धामी, मोडल दिक्पाल कार्की, गायक तथा संगीतकार भुवन सुप्तिहाङ राई लगायतको उपस्थिती रहेको थियो ।

एल्बमका संगीतकार तथा एल्बम उत्पादक ‘परी सिने संगीत’ का भुवनले निकै लामो मेहनतपछि सन्देशले एल्बम ल्याएको जानकारी दिए । ‘एल्बममा नाम चलेका गायक गायिकाको स्वर छ । त्यसकारण पनि एल्बम निकाल्न उनले मेहनत गरेको प्रष्ट देखिन्छ ।’ उनले भने । गीतकार सन्देशले झापाको बिर्तामोडमा सडक दुर्घटनामा ज्यान गुमाएका आफ्ना दाजु प्रति एल्बम समर्पित गरेको खुलाए । ‘मैले १२ वर्षको उमेरदेखि नै गीत लेख्न थालेको हुँ । माया र प्रेमका गीत बढी लेख्थें । तर दाजुको दुर्घटनामा निधन भएपछि गम्भीर खालका गीत लेख्न थालें ।’ उनले भने ।

एल्बममा ‘छाडीगएँ आमा तिमीलाई’, ‘आफ्नो ठानेर’, ‘अरु खै के मागुँ’, ‘कस्तो माया लाएनी’, ‘सकेछु भने जिन्दगी’, ‘जुनतारा साक्षी राखी’, ‘हिँडेकै छु भाग्य खोज्दै’, ‘कन्याम राम्रो’, ‘लजालु लजालु’ र ‘मरिसके सबै रहर’ बोलका गीत छन् । गीतमा भुवन सुप्तिहाङ राई, आलोकश्री, चित्रलाल शर्मा र किरण माइकलको संगीत छ भने कुमार कान्छा, राजेशपायल राई, रामकृष्ण ढकाल, सत्यकला राई, नरेन्द्र प्यासी, मल्लिका कार्की, जगदीश समाल, भुवन सुप्तिहाङ राई र मिङ्मा शेर्पाको स्वर छ ।

For More videos Log on to Mazzako TV