‘पारस खड्का मेरो आफ्नै भतिज हो, उसलाई क्रिकेट खेल्न मैले नै सिकाएको हो नि’ मेरी बाँस्सैका खड्काजी बडो सानसँग भने यो मेरो मुख देखिरहनुभाछ नि, हो यो पनि भतिजले क्रिकेटले हिर्काएरै यस्तो बनाइदिएको ।’

मेरी बास्सैका खड्काजी फूलमाला र अबिरले सम्मानित हुदै सबैलाई पारस आफ्नै भतिज भएको र उसले गर्दा आफु फूलमाला र अबिरले सम्मानित भएको बताउदै गाउँमा खुब ठाँटिएर हिंडेका छन् ।

तर खड्काजीले पारस आफ्नो भतिज हो भन्दै गफ लगाएर हिडेको बास्तविकतामा नभएर पर्दामा मात्र हो । मंगलबार बेलुकी प्रसारण हुने ‘मेरी बास्सै’मा उनीले नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको कुरा उठाएका छन् ।

अहिलेको हट बिषय क्रिकेट भएकाले गर्दा पनि क्रिकेटको प्रसंग जोडेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन पारसको प्रसंग उठाइएको खड्काजी बनेका सिताराम कट्टेल भन्छन् ।

दर्शकलाई हसाँउन आफै बल र ब्याट लिएर मेरी बास्सैमा उनी देखा पर्दैछन् । ‘कोही मानिस सफल भएपछि उसँगको नाता केलाउने र मेरो आफ्नै मान्छे हो भन्दै गफ लगाउने समाजका पात्रहरुलाई ब्यंग्य गर्न पनि यो बिषय उठान गरिएको हो’ निर्देशक कट्टेल सुनाउँछन् ।

क्रिकेटको माहोलले निकै तातेको बेलामा यो बिषय उठान गर्दा यसको प्रभाव अझ राम्रो हुने भएकाले क्रिकेटको कथा कार्यक्रममा राखेको कट्टेलले बताए ।

For More videos Log on to Mazzako TV