पौष १४ गते बाट प्रदर्शन हुने कलाकार सुलेमान शंकर ‘ईकु’ को प्रस्तुती रहेकोे फिल्म ‘फिर्के’ कोे गीत सार्वजनिक भएको छ । लेखु सहयात्रीका शब्द, सुबाष भुषालको संगीत रहेको ‘चट्टै’ बोलको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ । गीतको भिडियोमा सुलेमान शंकर ‘ईकु’ र नव–नायिका क्रिष्टिना पौडेलको अभिनय छ । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।

फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतको अभिनय छ । फिल्मलाई रवि डंगोल ‘बेमान’ ले निर्देशन गरेका छन् । फिल्मका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । फिल्मलाई अभिमन्यू निरबीको लेखेका हुन् ।

https://youtu.be/LHZHwoyG7hg

 

For More videos Log on to Mazzako TV