नायिका ऋचा सिंह ठकुरीले निर्माण गरेको फिल्म ‘सुपर गोर्खे’ को ‘तिमी नै हौं’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक गरिएकोे छ । ज्ञानेन्द्र ताम्लिङको शब्द, तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा गायिका रजीना रिमाललाई संगीतकार लिम्बुले स्वरमा साथ दिएका छन् । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

राज थापा निर्देशित फिल्म ‘सुपर गोर्खे’ मा ऋचा सिंहसँगै सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र क्षेत्री सचिन केसी, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राज थापाको अभिनय छ ।
किरण माईकलको लेखन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् भने द्धन्द्ध निर्देशन चन्द्र पन्तको छ । निर्माताको रुपमा ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिपजंग थापा रहेका छन् । फिल्म मंसिर २९ देखि देशभर सार्वजनिक हुदैछ । भिडियो :

 

For More videos Log on to Mazzako TV