अभिनेत्री वेनिशा हमाल अहिले आफ्नो करिअर जोगाउने दौडमा छिन् । शुक्रबार अर्थात भोलीबाट रिलिज हुन लागेको उनी अभिनित फिल्म ‘झ्यानाकुटी’ उनको करिअर जोगाउने महत्वपूर्ण फिल्म हो । अभिनेत्री नीशा अधिकारी र निर्देशक सिमोस सुनवारले मिलेर बनाएको यो फिल्ममा वेनिशाको जोडीको रुपमा सौगात मल्लले काम गरेका छन् ।

करिअरमा लगातार असफल फिल्म मात्र परेपछि वेनिशा जुन चर्चा र उचाइमा पुग्नु पर्ने हो, त्यो उचाइमा पुग्न सकेकी छैनन् । अहिले, उनको अभिनयको पनि राम्रो चर्चा भैरहेको छ ।

यो फिल्म चलेको खण्डमा उनलाई फिल्ममा लिनेहरु बढ्नेछन् भने दर्शकमाझ पनि उनको क्रेज बढ्नेछ । वेनिशाले पनि यो फिल्मलाई करिअरकै महत्वपूर्ण फिल्मको रुपमा लिएको प्रष्ट छ । यसैले, उनी यो फिल्मका लागि दौडधुपमा छिन् ।

सौगात मल्ललको फिल्म हलमा एकपछि अर्को लाग्नुको वेफाइदा यो फिल्मलाई हुनसक्छ । ट्रेलरबाट राम्रै प्रशंसा पाएकी वेनिशाले फिल्म रिलिज भएपछि दर्शकको कस्तो तारिफ पाउँछिन्, प्रतिक्षा गरौ ।

For More videos Log on to Mazzako TV