आकर्षक जिउडाल, चटक्क परेको अनुहारले पनि फिल्म क्षेत्रमा खासै काम गर्दोरहेनछ भन्ने उदाहरण हुन् अभिनेता सविन श्रेष्ठ । अधिकांश समय जिममा नै बिताउने सविनले फिल्मी करिअरमा भने सफलता पाउन सकेनन् ।

उनलाई पनि फिल्म क्षेत्रको वैकल्पिक हिरोको रुपमा हेरियो । अफर आएका सबै फिल्म खेल्दा उनको करिअर पनि डामाडोल नै भयो । सविन आफै निर्माता बनेको फिल्म, ‘हिरो रिटन्र्स’ कहिले रिलिज हुन्छ अझै टुंगो लागेको छैन ।

यो फिल्ममा सविनको साथमा अभिनेत्री रेखा थापाको मुख्य भूमिका छ । तर, रेखाकै करिअर डामाडोल भएपछि सविनले पनि केही समय फिल्म रिलिजका लागि लिएको हुनसक्छ ।

तर, सविन अहिले सुस्ताएका छन् । फिल्म क्षेत्रमा नयाँ अभिनेताहरुको हालिमुहाली हुन थालेपछि सविन अब आफू निर्मित फिल्मकै आशमा छन् ।

For More videos Log on to Mazzako TV