ग्रामिण क्षेत्रको व्याप्त गरिवीको विषयवस्तुमा आधारित फिल्म ‘फिक्का’ को प्रदर्शन मिति तय भएको छ । सुचित्रा श्रेष्ठ निर्मित फिल्म ‘फिक्का’ को मंसिर १५ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको बताईएको छ । पारिवारिक प्रेमकथामा आधारित फिल्मलाई जनक खड्का निर्देशन गरेका हुन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको हाँस्य कार्यक्रम ‘ट्वाक्कटुक्क रिटन्र्स’ का सहायक निर्देशकको रुपमा कार्यरत खड्काले यसअघि २१ वर्षकै उमेरमा चलचित्र ‘२१ वर्ष’ निर्देशन गरेका थिए । प्रस्तुतकर्ता जापानमा बसोबास गर्ने अजय सुनार हुन् ।

यसअघि जापानमा प्रदर्शन भैसकेको फिल्म ‘फिक्का’ मा अजय सुनार, दुर्गाराज पाण्डे, शर्मिला नेपाल, राधिका घिमिरे, ईश्वरी बराल, मुस्कान काप्री लगायतको अभिनय छ ।

For More videos Log on to Mazzako TV