आउदो शुक्रबार देखि प्रदर्शनमा आउने फिल्म ’झ्यानाकुटी’ ले ल्याएको फोटो कन्टेस्टले ब्यापक चर्चा पाएको छ । फिल्म युनिटले प्रिती चाउचाउसंगको सहकार्यमा ’झ्यानाकुटी फोटो कन्टेस्ट’ अगाडी ल्याएको थियो । कन्टेस्टमा सहभागी हुनेले प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा #Nov17 र #Jhyanakuti  मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गर्नु पर्ने हुन्छ । त्यहाँ अपलोड गरिएका तस्वीर मध्य सबैभन्दा बढी लाइक पाउनेले ५१ हजार नगद पनि पाउने छन् । यस कन्टेस्टमा दर्शक त उतिकै सहभागी छन् नै सेलिब्रेटीले पनि उतिकै साथ् दिएका छन् ।

यतिबेला सामाजिक सञ्जालमा सेलिब्रेटीले आफ्नो सहकर्मी वा जोडीलाई बोकेको तस्वीर प्रशस्तै देख्न पाइन्छ । ’यतिको साथ् पाइन्छ भन्ने सोचेकी थिइन् तर दर्शकको चासोसंगै सहकर्मीले साथ् दिदा निकै खुसि लाग्दो रहेछ’ फिल्म मार्फत निर्माणमा डेब्यु गर्न लागेकी निशा अधिकारी भन्छिन ’फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्छ , ढुक्क हुनुस ।’ फिल्ममा निशासंगै सिमोश सुनुवारको पनि लगानी रहेको छ भने सिमोश नै फिल्मका निर्देशक हुन् । प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा सौगात मल्ल , बेनिशा हमाल , सुमी मोक्तान , एस्टल गुरुङ लगायतको अभिनय रहेको छ । फिल्मले सेन्सरबाट पिजी सर्टिफिकेट पाएको छ । ’फिल्मलाई सेन्सरले पिजी दिएता पनि त्यस्तो केहि छैन’ निर्देशक सिमोश भन्छन् ’फिल्म गरेपछि आफ्नै गाउघरको कथा फिल गर्नु हुनेछ ।’ फिल्मको ट्रेलरले सकारात्मक प्रसंसा बटुलिरहेको छ ।

 

For More videos Log on to Mazzako TV