नेपाली फिल्म क्षेत्रमा निर्माता छविराज ओझालाई वाघ निर्माता भनिन्छ । छविको ब्यानरबाट बनेका फिल्म हिट र फिट हुन्छन् भन्ने विश्वास अझै पनि दर्शकमा छ ।
फिल्म राम्रो बनाउने छवि सधै नै चर्चामा रहे । उनको चर्चा विशेषगरि, महिलाहरुका कारण भयो । छवि र अभिनेत्री रेखा थापाको १० बर्ष लामो बैबाहिक सम्बन्ध टुट्यो । यसपछि, उनी अहिले अभिनेत्री शिल्पा पोखरेलको साथमा छन् ।

उनै, छवि अहिले अमेरिका पुगेका छन् । छविले अमेरिकाको वासिङ्टन डीसीमा रहेको राष्ट्रपति भवन अगाडिको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । नोभेम्बर ५ मा हुने भनिएको ‘नेम्पा फिल्म अवार्ड’का लागि छविले भिसा एप्लाई गरेका थिए । पहिलो पटक उनको भिसा लागेन । उनले, फेरि दोश्रो पटक भिसा एप्लाई गरे । दोश्रो पटक भने उनलाई अमेरिकी दुतावासले पत्यायो ।

यो अवार्ड नहुने पक्का भैसकेको छ । तर, छवि भने अमेरिका पुगेका छन् । फिल्म ‘मंगलम’को प्रदर्शन मिति फागुण ४ गतेलाई सारेपछि छवि ओझा घुमघाममा मस्त देखिएका छन् ।

For More videos Log on to Mazzako TV