हातमा फिल्म होस् या नहोस्, नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाललाई हेर्न चाहनेको भिड कहिल्यै कमी हुदैन । अभिनेता हमाल जहाँ जान्छन्, उनलाई भिडले पछ्याउँछन् । दर्शकले हमाललाई जस्तो प्रेम अरु कुनै अभिनेतालाई दिएका छैनन् ।

हमालको हातमा यतिबेला फिल्म भने छैन । उनी निरन्तर बक्स अफिसमा असफल भएपछि उनलाई अफर गर्न निर्माता अगाडि आएनन् । तर, पनि हमाल भने घरयासी जिवनमा व्यस्त छन् । उनी र पत्नी मधु एकसाथ हिडिरहेका छन् । मधु र राजेश अहिले विशेषगरि नेपालभर आयोजना हुने महोत्सवमा व्यस्त छन् ।

हमालले मधुसँग हिडेका, घुमेका तस्बिर फेसबुकमा निरन्तर पोष्ट गरिरहेका छन् । कुनै समय हमाललाई बिहे कहिले गर्ने भन्ने प्रश्नले हैरान बनाउथ्यो । अब, अहिले बाबु कहिले बन्ने भन्ने प्रश्नले उनी घेरिन्छन् । अब, हमाललाई लिएर फिल्म बनाउने सोच कसले राख्ला ?

For More videos Log on to Mazzako TV