शनिवार काठमाण्डौंमा नेपाल फिल्म सोसाईटीको बिषेश साधारण सभा बस्यो । बिशेष साधारण सभाले नयाँ कार्यसमित समेत गठन गरेको छ । स्थापना भएको २ बर्ष पुरा गरेको नेपाल फिल्म सोसाईटीको नयाँ कार्यसमितिमा भने पुरानै अनुहारहरु देखिएका छन् ।

अभिनेता कृष्ण मल्ल पुन अध्यक्षको रुपमा नियुक्त भएका छन् । त्यस्तै गरि प्रथम उपाध्यक्षमा हरिबहादुर थापा, द्दितियमा प्रदीप उदय र तृतियमा लक्ष्मी गिरी चयन गरिएको छ ।

नेपाल फिल्म सोसाईटीको नयाँ कार्यसमिति अन्तर्गत महासचिवमा रमेश बुढाथोकी, सचिवमा एस.के श्रेष्ठ र कोषाध्यक्ष पदमा नारायण प्रधानलाई चयन गरिएको छ ।

कार्यसमिति सदस्य तर्फ नवल खड्का, सानु कुमार ताम्रकार, रामकेशर बोगटी र अखण्ड श्रेष्ठ रहेका छन् ।

नेपाल फिल्म सोसाईटीले आगामी बर्ष बिशेष कार्यक्रम गर्ने योजना बनाएको छ । स्थापना भएको दुई बर्षको अन्तरालमा गएको दुई महिनाबाट भने फिल्म सोसाईटी निकै सक्रिय देखिएको छ ।

For More videos Log on to Mazzako TV