नेपाली फिल्म मात्र होइन, विश्वका जुनसुकै देशमा पनि कुनै कलाकारको स्टारडम लामो समयसम्म रहदैन । नेपाली फिल्ममा पनि फिल्म ‘लुट’ रिलिज भएपछि चम्किएका अभिनेता दयाहाङ राइको स्टारडम सकिएको चर्चा हुन थालेको छ ।

खासै प्रचार नगरिकन फिल्म ‘तान्द्रो’ शुक्रबारदेखि रिलिज भएको थियो । फिल्मको प्रचार कमजोर हुँदा यसको व्यापार पनि कमजोर हुनु स्वभाविक नै हो । तर, फिल्ममा मुख्य अभिनेताको रुपमा दयाहाङ राई थिए । उनलाई हेर्न शनिबार पनि दर्शक आएनन् ।

शनिबार पनि काठमाण्डौका मल्टिप्लेक्समा १०० जना दर्शक एउटा शोमा देख्न मुश्किल पर्यो । यसको अर्थ, दयाको टाउको हेरर पनि हलमा दर्शक आउन छाडेको देखियो ।
स्टारडम भन्दा पनि पैसाका लागि अफर आएका सबै फिल्म खेल्दा दयाहाङ कमजोर बनेको चर्चा गरिन्छ ।

For More videos Log on to Mazzako TV