निर्देशक दिनेश राउतले फिल्म ‘आई एम सरी देखि क्लासिक’सम्म आइपुग्दा आफ्ना मिल्ने साथी आर्यन सिग्देललाई छाडेनन् । यस्तै, निर्माता सुवास गिरीले पनि दोश्रो फिल्म ‘नोभेम्बर रेन’ र तेश्रो फिल्म ‘क्लासिक’मा आर्यनलाई फिल्ममा लिएनन् मात्र, निर्माताको रुपमा पनि दोस्ती गरे ।

तर, दिनेश र सुवासले फिल्म ‘पर्व’ बनाइरहँदा आर्यन बाहिरिए । यसपछि, आर्यनसँग दिनेश र सुवासको सम्बन्ध विग्रिएको चर्चा पनि चल्यो । सुवासले नयाँ फिल्म ‘कृ’ अभिनेता अनमोल केसीलाई लिएर बनाए । यो समयमा दिनेश नयाँ फिल्मको कथामा व्यस्त भए ।

अब, फेरि दिनेश र सुवास नयाँ फिल्म ‘भैरवी’ बनाउँदैछन् भने आर्यन आफ्नै ब्यानरमा सोलो रुपमा फिल्म ‘कायरा’ बनाउँदैछन् । यसरी हेर्दा, दिनेश र सुवास एकातिर, आर्यन अर्कोतिर भएको देखिएको छ ।

यी ३ जोडीले एकसाथ काम गर्दा चर्चा त पाए, तर आम्दानी गर्न सकेनन् । फिल्म चले तर मुनाफा दिने तरिकाले चलेन । यसैले पनि यो जोडी आफ्नै सुरमा काम गर्न थालेको वुझ्न सकिन्छ ।

For More videos Log on to Mazzako TV