बिबेक ओबराँए स्पाईडर म्यान का लागि आवाज दिदै
हलिवुडको चर्चित फिल्म ‘द अमेजिङ्ग स्पाईडर म्यान २’ का लागि बलिउडका निकै रुचाईएका नायक बिबेक ओबराँएले आफ्नो आवाज दिदैछन् । फिल्मको हिन्दी भर्सनका लागि विबेकाले आफ्नो आवाज दिएका हुन् ।
यतिबेला चलचित्रको हिन्दीमा पनि डबिङ्ग भईरहेको छ । फिल्मको खलपात्र मैक्स डिल्लन अर्थात इलेक्ट्रोनिक को लागि उनले आफ्नो आवाज दिएका हुन् ।
‘द अमेजिङ्ग स्पाईडर म्यान २’ को अंग्रेजी भर्सनमा जैमी फाँक्सको आवाज सुन्न सकिनेछ । जेमी फाँक्स ओस्कर बिजेता कलाकार पनि हुन् । उनले अंग्रेजीमा बोलेका डाईलगहरुलाई यतिबेला बिबेकले हिन्दीमा बोलिरहेका छन् ।
आफु स्पाईडर म्यान फिल्मको ठुलो फ्यान रहेको र ‘द अमेजिङ्ग स्पाईडरम्यान २’ को हिन्दी भर्सनको लागि आफ्नो आवाज डबिङ्ग गर्न पाएकोमा खुशी लागिरहेको उनी सुनाउछन् ।
चलचित्रको पहिलो ट्रेलर रिलिज भएदेखि नै आफु चलचित्रलाई लिएर निकै उत्साहित भएको बिबेकले बताएका छन् ।
बिबेकले सुपर भिलेन ‘काल’को चरित्र निभाउको सिनेमा ‘क्रिस ३’ ले धुम मच्चाउन सफल भएको थियो । चलचित्रलाई लिएर सबैले बिबेकको कामको प्रशंसा गरे ।
चलचित्रले बक्स अफिसमा २५० करोड कमाउन सफल भएको थियो । अब हेर्न बाँकी यो छ कि बिबेकले हिन्दीमा डबिङ्ग गरेको ‘द अमेजिङ्ग स्पाईडर म्यान २’ ले भने कस्तो ब्यापार गर्ने हो ?
For More videos Log on to Mazzako TV