शुक्रबार अर्थात मंसिर १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘झ्यानाकुटी’ को नयाँ गीत रिलिज गएिको छ । ‘भो मलाई चाहिंदैन अर्की’ बोलको गीत हालै युटुब मार्फत सार्वजनिक गरिएको हो । प्रदीप भारद्वाजको शब्द रहेको गीतमा विकास चौधरीको संगीत र धमेन्द्र सेवनको स्वर छ । गीतको भिडियोमा नायक सौगात मल्ल र नायिका वेनिशा हमाल फिचरिंग छन् । भिडियाको निर्देशक सिमोश सुनुवार र निर्माता निशा अधिकारीले कोरियोग्राफी गरेका हुन् ।

ट्रेलर रिलिज भएसंगै चर्चामा रहेको फिल्ममा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक आफैले सम्पादन गरेको फिल्ममा सनिश सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV