फिल्म ‘पिंजडा ब्याक अगेन’ को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘तिमी नि आधा’ बोलको गीत सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको संगीत र मुत्तक उदासको शब्द रहेको गीतमा अञ्जु पन्तको स्वर छ । गायिका पन्तलाई स्वरमा संगीतकार पोखरेलले साथ दिएका छन् । नायक निखिल उप्रेती र नायिका सारा श्रीपाली फिचरिंग गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।


द्धन्द्ध निर्देशक हिमाल केसीको डेव्यु निर्देशन रहेको ‘पिंजडा ब्याक अगेन’ माघ ४ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा रमेश सुवेदी र बाबुराज सिंह निर्माताको रुपमा रहेका छन् भने बसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माताको हुन् । रोशित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्र तीनै जना फिल्मका निर्माता हुन् । फिल्मका प्रस्तुतकर्ता भने श्रीराम बराल हुन् । फिल्ममा निखिल र सारासँगै पुकार भट्टराई र बाल कलाकार कुसाग्र भट्टराईल लगायतको अभिनय छ । भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV