अभिनेत्री प्रियंका कार्की र निर्माता अर्जुन कुमारविच अहिले शितयुद्ध नै चलेको छ । विशेषगरि, फिल्म् ‘फाटेको जुत्ता’को प्रचारका क्रममा निर्मातालाई निर्मात्री कार्कीले साथ नदिएपछि लफडा सुरु भएको हो ।

केही दिन अगाडि फिल्मको सफलता कार्यक्रम राख्दै अर्जुनले प्रियंकालाई आफ्नो फिल्ममा हिडेर फाइदा नहुने भएकाले नहिडेको होला भन्दै आक्रोश व्यक्त गरे । उनले, प्रियंका हिड्दैमा फिल्म हिट हुने पनि होइन भन्दै उनलाई ‘फाटेको जुत्ता २’मा नलिने बताए ।

निर्माताको यो कुरापछि अभिनेत्री प्रियंका कार्कीले यसको जवाफ दिएकी छिन् । उनले फिल्म ‘बटरफ्लाई’को गीत रिलिज कार्यक्रममा आफूहरु फिल्मको छायांकनमा हुने भएकाले पनि अनावश्यक चर्चा पाउन आरोप नलगाउन आग्रह गरिन् । उनले भनिन्–‘मेरो निर्माता अर्जुन कुमारसँग कुनै रिसिबी छैन । तर, म फिल्म ‘सत्रुगते’को छायांकनमा व्यस्त थिए । फिल्म प्रचारका लागि मैले पहिला ‘सत्रु गते’ टिमलाई काठमाण्डौमा छायांकन गर्न आग्रह पनि गरेकी थिएँ । तर, उहाँहरुले मान्नुभएन ।’

उनले आफू भौतिक रुपमा उपस्थित हुन नसकेपनि फिल्मको प्रचार सामाजिक संजालबाट गरेको भन्दै ‘फाटेको जुत्ता २’को सफलताको शुभकामना दिइन् ।

For More videos Log on to Mazzako TV