शुक्रबारदेखि रिलिज भएको फिल्म ‘मेला’ विकेन्डमा सुखद व्यापार गरेको निर्माता हरि पन्तले जानकारी दिएका छन्् । यो फिल्मले मल्टिप्लेक्समा खासै व्यापार नगरेपनि सिंगल हलमा भने राम्रै व्यापार गरेको छ ।

शुक्रबार सिंगल हलमा सुखद ओपनिङ गरेको यो फिल्मले शनिबार काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, गंगा, कंलकी, गुण लगायतका हलमा सुखद कमाई गर्यो ।
शनिबार फिल्मका मुख्य अभिनेता आमेष भण्डारी गोपिकृष्ण हलमा दर्शकसँग सेल्फी खिच्नमै रमाए । निर्माता हरि पन्तले ‘मेला’ले बाजी मारेको बताए ।

बसन्त निरौला निर्देशित फिल्म २ दिन चल्नुमा अभिनेता सलोन बस्नेतको क्रेज र गीतसंगीतलाई नै मुख्य आधार मानिएको छ । आइतबारबाट फिल्मले गर्ने व्यापारले यसको लाइफ टाइम व्यापारको आँकलन हुनेछ ।

निर्माता हरि पन्तले भने–‘म फिल्मको व्यापारबाट निकै खुशी छु । दर्शकले फिल्म मन पराइदिनु भएको छ ।’ फिल्मको कमेडी पाटो र समाजमा हुने गरेका घटनलाई प्रस्तुत गरिएको शैलीलाई दर्शकले मन पराएका छन् ।

 

For More videos Log on to Mazzako TV