अभिनेता प्रदिप खड्का फिल्म ‘लिलिबिली’को छायांकनका लागि वेलायत उडेका छन् । निर्देशक मिलन चाम्सले यो फिल्मको छायांकन बेलायतमा गर्नेछन्् । लभस्टोरी फिल्मको घोषणा केही समय अगाडि गरिएको थियो । तर, बेलायत उड्नु अगाडि उनले एक लभस्टोरी फिल्म नै साइन गरेका छन् ।

सुवास गिरीको निर्माणमा दिनेश राउतले निर्देशन गर्ने फिल्मको नाम ‘भैरवी’ राखिएको छ । यो फिल्मका लागि प्रदिपले संझौता गरिसकेका छन् । चर्चा अनुसार, यो फिल्ममा अभिनेता प्रदिपकी जोडीको रुपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह देखिनेछन् ।

तर, साम्राज्ञी फाइनल नभइसकेको चर्चा पनि फिल्म बजारमा छ । निर्माता सुवास गिरीले भने साम्राज्ञी फाइनल भैसकेको बताएका छन् । अभिनेत्री साम्राज्ञीले अभिनेता आर्यन सिग्देलको फिल्ममा काम गर्ने पक्का भएको छ । ‘कायरा’ नाम राखेर आर्यनले फिलिपिन्समा यो फिल्मको छायांकन सुरु गर्दैछन् । यसमा साम्राज्ञीले १० लाख पारिश्रमिक लिएको चर्चा छ ।

आर्यनसँग जोडी वाधेपछि साम्राज्ञीले प्रदिपसँग ‘भैरवी’मा जोडी वाध्ने चर्चा फिल्म बजारमा चलेको छ ।

For More videos Log on to Mazzako TV