गायक, गीतकार तथा सङ्गीतकार मानस राजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको एक दिनमै टेण्डिङ नम्बर २ मा आएकोछ । ‘भाईरल भैदियो’ बोलको गीत बिहीबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । स्वर, शब्द तथा सङ्गीत मानस राजको रहेको यस गीतको भिडियोलाई सबिन कार्की ’बिस्ट’ ले तयार पारेका छन् । कार्टुन त्रृmजका सदस्य रहेका सबिनले केही समय अघि उक्त नृत्य समूह छोडेका थिए । कार्टुन क्रे्रजु छोडेका पछि पहिलो पटक सबिनको नृत्य, निर्देशन र सम्पादन रहेको भिडियो सार्वजनिक भएको हो ।


यस गीतका एरेन्जर उदय राज पौडेल हुन् । भिडियोमा सबिनको साथमा धादिङकी आठ बर्षिया दीक्षाले पनि यसै भिडियोबाट आफ्नो नृत्य अभिनय सुरु गरेकी छिन् । यस अघि उनले केही कभर भिडियोमा नृत्य गरेकी थिइन् ।

For More videos Log on to Mazzako TV