अभिनेता आर्यन अधिकारी तथा अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘बटरफ्लाई’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘गाउँदिन अब गीत गजल’ बोलको गीत सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको उक्त गीत निकै सुमधुर छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वर सुन्दा निकै कर्णप्रिय लाग्छ । लोभलाग्दो लोकेशनमा कविराज गहतराजको कोरियोग्राफी समेत तारिफ योग्य छ ।


ओम प्रतिक गुरुङको लेखन तथा निर्देशनमा तयार भएको ‘बटरफ्लाई’ मा सुरेश बज्रचार्यको सिनेम्याटोग्राफी छ । द्धन्द्ध निर्देशन कुमार महर्जनले गरेका छन् । पुष्पाञ्जली अधिकारी, रामशरण राणा र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्ममा सरोज शाह, मन्दिल श्रेष्ठ सह निर्माता र रमेश प्रजापति कार्यकारी निर्माताको रुपमा रहेका छन् । संगीतकार पोख्ररेलको यो गीत पनि यस वर्षको रोमान्टिक हिट गीतमा समावेश हुनेछ । फिल्म पुष २८ बाट सार्वजनिक प्रदर्शनमा आउँनेछ ।

For More videos Log on to Mazzako TV