निर्देशक ऋषिराज आचार्यले नयाँ फिल्मको घोषणा गरेका छन् । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा पूजापाठ नै गरेर फिल्मको घोषणा गरिएको थियो । उनले, निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘ड्रिम गर्ल’ राखिएको छ ।

यो फिल्मको शिर्ष भूमिकामा यूटुबमा हिट भएकी कलाकार आश्मा गिरीले काम गर्दैछिन् । आश्मा फिल्ममा अभिनेता आकाश श्रेष्ठकी सपनाकी यूवती बन्नेछिन् । भारतीय फिल्म निर्माण कम्पनी रिल एण्ड रियल सिनेमासँगको सहकार्यमा आरबी मुभिको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो ।

फिल्मलाई अर्जुन शर्मा र ऋषि आफैले निर्माण गर्दैछिन् । फिल्ममा सरोज खनाल, विल्सन विक्रम राई, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । यो फिल्मको छायांकन रारा ताल, मुस्ताङ, दुबई, कतारमा हुनेछ । फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुले फिल्मलाई शुभकामना दिएका थिए ।

For More videos Log on to Mazzako TV