फिल्म ‘ऐश्वर्य’ हिट भएपछि अभिनेत्री दीपिका प्रसाइले आफ्नो जन्मदिन विशेष तरिकाले मनाएकी छिन् । बिहिबार बेलुकी काठमाण्डौको एक रेष्टुरेन्टमा पत्रकार, फिल्मीकर्मी र आफन्तको विचमा दीपिकाले धुमधामका साथ जन्मदिन मनाइन् ।

उनले आफू २२ बर्षमा प्रवेश गरेको पनि बताइन् । उनको जन्मदिनमा फिल्म ‘ऐश्वर्य’को सम्पूर्ण टिम नै उपस्थित थिए । दीपिकाले फिल्म हिट भएपछि आफ्नो जन्मदिन सेलिव्रेशन अन्य बर्षभन्दा यसपटक केही फरक भएको पनि बताइन् ।

नेपाली फिल्म क्षेत्रमा आफू अब प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेको भन्दै उनले अहिले नै कस्तो फिल्ममा काम गर्ने भन्ने बिषयमा सोचिनसकेको बताइन् । हट पहिरनमा जन्मदिनमा उपस्थित दीपिकाले फिल्म क्षेत्र नै आफ्ना लागि अब करिअर भएको बताइन् । सो अवसरमा फिल्म ‘ऐश्वर्य’ टिमले पनि केक काटेर सेलिव्रेशन गरेका थिए ।

दीपिका प्रसाइको जन्म दिन कसरी मनाइयो हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV