अहिले केही दर्शकले मात्र होइन, नेपाली फिल्मका केही कलाकारले पनि अर्का कलाकारलाई बोकेको तस्बिर फेसबुकमा भेट्न पाइन्छ । फेसबुकमा अभिनेत्री नीता ढुंगानाले निर्देशक श्याम भट्टराइलाई काँधमा बोकेकी छिन् । नीता अहिले अमेरिकामा छिन् र उनले श्याम निर्देशित एक म्यूजिक भिडियो पनि निर्देशन गरेकी छिन् ।

नीताले श्यामलाई जुरुक्कै बोक्दा अभिनेत्री प्रियंका कार्कीले भने कलाकार दीपकराज गिरीलाई बोकेकी छिन् । नीता र प्रियंका दुबैले नेपाली फिल्मलाई सपोर्ट गरेको उल्लेख समेत गरेका छन् ।

आखिर, यी दुइले किन बोके त दुई पुरुष ? तपाइले फिल्म ‘झ्यानाकुटी’को पोष्टर हेर्नुभयो भने अभिनेत्री वेनिशा हमालले अभिनेता सौगात मल्ललाई जुरुक्कै आफ्नो काँधमा बोकेकी छिन् ।

फिल्मका निर्माताले उत्कृष्ट फोटोलाई ५१ हजार नगद पुरस्कारको घोषणा पनि गरेका छन् । तर, प्रियंका र नीताले भने नेपाली फिल्मलाई सधै साथ दिनुपर्छ भन्दै श्याम र प्रियंकालाई बोकेका हुन् ।

For More videos Log on to Mazzako TV