साप्तेन भुटियाले निर्देशन गरेको एक फरक कथाको फिल्म ‘तान्द्रो’को प्रिमियर काठमाण्डौको बीग मुभिजमा गरिएको छ । फिल्ममा अभिनेता दयाहाङ राई केन्द्रिय भूमिकामा छन् । यो फिल्म हेर्नका लागि केही नेताहरु समेत हलमा पुगेका थिए ।

अभिनेता दयाहाङ राइलाई शुभकामना दिन फिल्म क्षेत्रका केही फिल्मीकर्मी र पत्रकार पनि हलमा पुगे । तत्कालिन माओवादीको जनयुद्धको समयमा सेनाको गोली लागेर घाइते भएका एक सांकृतिक विभागका कमाण्डरको वास्तविक घटनामा यो फिल्म बनेको छ ।

फिल्म हेर्ने अधिकांशले अभिनेता दयाहाङ राइको कामको प्रशंसा गरे । फिल्मको दोश्रो भागमा त दर्शकले पर्दामा खेतमा लडेका दया बाहेक अरुल पात्रलाई कमै मात्र देख्छन् । तर, पनि आफ्नो अभिनयका हिसाबमा भने दयाले उत्कृष्ट काम गरेका छन् । यो फिल्म शुक्रबारदेखि हलमा लाग्दैछ ।

For More videos Log on to Mazzako TV